छत्रराजले नाम फिर्ता लिए, पहिलो नम्बरमा भागिरथ सापकोटाको नाम सिफारिस

२०८२ पौष २२ मंगलबार १६:०४:०० मा प्रकाशित


नवलपरासी पूर्व । नेकपा एमाले नवलपुर जिल्ला कमिटिले प्रतिनिधिसभा क्षेत्र नम्बर १ र २ बाट सम्भावित उम्मेद्वारको नाम प्रदेशलाई सिफारिस गरेको छ । गत २० गते बसेको जिल्ला कमिटिले क्षेत्रीय समितिले गरेको सिफारिसलाई प्रदेश पठाएको जिल्ला कमिटि उपाध्यक्ष यमुनाथ आचार्यले बताउनुभयो । 


नेकपा एमाले नवलपुरले आगामी फागुन २१ गते हुने संघीय निर्वाचनका लागि नवलपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा केन्द्रीय कमिटी सदस्य तिलक महतको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको छ । 


यसैगरी नेकपा एमाले नवलपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ ले ८ जनाको नाम सिफारिस गरेको थियो । गैँडाकोटका पूर्व नगरप्रमुख छत्रराज पौडेलले आफ्नो नाम फिर्ता लिएपछि जिल्ला कमिटिले बाँकी ७ जनाको नाम प्रदेशमा सिफारिस गरेको छ ।  सिफारिसको क्रम संख्या अनुसार पहिलो नम्बरमा भगिरथ सापकोटा र दोस्रो नम्बरमा रविन्द्र अधिकारी रहेका छजन् ।

सूचिमा डा. गोपाल खनाल, गोपेन्द्र केशरी न्यौपाने, हरिप्रसाद न्यौपाने, सागर न्यौपाने र तिलोत्तम पौडेलको नाम सिफारिस गरेको जिल्ला उपाध्यक्ष आचार्यले जानकारी दिनुभयो । 
नेकपा एमाले स्रोतका अनुसार नवलपुर क्षेत्र नं. १ मा भागिरथ सापकोटा र रविन्द्र अधिकारीबीच टिकटका लागि तीव्र प्रतिष्पर्धा हुने देखिएको छ ।

भागिरथ सापकोटा व्यवसायिक क्षेत्रबाट उदाएका व्ययिक्त र रविन्द्र अधिकारी राजनीतिक क्षेत्रबाट उदाएका व्यक्ति हुन् । सिफारिसमा परेका अरु नेता भन्दा भागिरथ सापकोटा र रविन्द्र अधिकारी पार्टी अध्यक्ष केपी ओलीसँग नजिक रहेको हुँदा उहाँहरुकै टिकटको सम्भावना ज्यादा रहेको स्रोतले बताएको छ । रविन्द्र अधिकारी पहिलेपनि टेष्ट भइसकेका नेता हुन् । भागिरथ सापकोटा टेष्ट हुन बाँकी रहेको र सफल व्यवसायि भएको हुँदा उहाँको अझ धेरै सम्भावना रहेको स्र्रोतले बताएको छ ।