गैँडाकोट महोत्सवमा आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् गैँडाकोटले सहभागिता जनाउने
गैँडाकोट । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् गैँडाकोटले चौथो गैँडाकोट महोत्सव २०८२ मा महासंघको सहभागिता रहने स्पष्ट पारेको छ। महासंघले बुधबार महासंघको आधिकारिक पत्रमार्फत यसबारे स्पष्टिकरण दिएको हो ।
महासंघका अनुसार यही पौष २५ गतेदेखि माघ १० गतेसम्म सञ्चालन हुने चौथो गैँडाकोट महोत्सवमा सुरुमा औपचारिक सहभागिता नरहने आशयको पत्र पठाइए पनि पछि महोत्सव मूल आयोजक टिमसँग भएका छलफल, विगतमा भएका केही त्रुटि माथि गहन समीक्षा गरि तथा उद्योग वाणिज्य संघसँगको समन्वयपछि सहभागिताको निर्णय गरिएको जानकारि दिएको छ ।
नेपाल आदिवासी जनजाति महासंघले गैडाकोटका केहि मिडियाहरूलाई बोधार्थ गराउँदै पत्र संख्या ०५२÷०५३ र च.नं. ०६४ मिति २०८२÷०९÷१७ को पत्रमार्फत औपचारिक सहभागिता नहुने जानकारी गराएको थियो। तर, पछिल्लो छलफल र सहमतिपछि उद्योग वाणिज्य संघको पत्र संख्या ०५२÷०५३ च.नं. २१० अनुसार सहमति जनाउँदै महोत्सवमा सक्रिय सहभागिता रहने महासंघले जनाएको छ।
महासंघले चौथो गैँडाकोट महोत्सव भव्य र सफल बनाउन आफ्नो तर्फबाट आवश्यक सहकार्य रहने विश्वास व्यक्त गर्दै आदिवासी जनजाति समुदायको पहिचान, संस्कृति र सहभागिता मार्फत महोत्सवलाई थप अर्थपूर्ण बनाउने नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् गैँडाकोटका अध्यक्ष नरबहादुर थापा मगर (नरेश) द्धारा हस्ताक्षर जारी गरिएको छ ।