मेलमिलापकर्ता समाज गैडाकोटको छैठौँ साधारण सभा सम्पन्न

मेलमिलापकर्तासँग अन्तरक्रिया

२०८२ माघ १४ बुधबार १७:२७:०० मा प्रकाशित

गैडाकोट । मेलमिलापकर्ता समाज गैडाकोट नगर समितिको छैठौँ साधारण सभा सम्पन्न भएको छ ।बुधवार गैडाकोट नगरपालिकाको सभाहलमा मेलमिलापकर्तासँग न्यायिक समितिको अन्तरक्रिया कार्यक्रम पनि भएको हो ।
गैडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले भन्नुभयो “मेलमिलापकर्ताहरुले दुबै पक्षलाई मिलाएर ,बिरोध नहुने गरि काम गर्न आग्रह गर्नुभयो ।


न्यायिक समिति संयोजक एवं गैडाकोट नगरपालिका नगर उपप्रमुख शान्ति कोइरालाले मेलमिलापकर्ताहरूको मेहनतले गर्दा न्यायिक समितिले काम गर्न सहज भएको बताउनुभयो ।
गैँडाकोट नगरपालिका न्यायिक समिती सदस्य दोर्ण वन सन्यासीले असहज वातावरण भएता पनि न्यायिक समितिकोे काम अगाडि बढिरहेको बताउनुभयो।
मेलमिलापकर्ता समाज गैडाकोट नगर समितिका अध्यक्ष नारायण पौडेलले असोज २१ गते देखि आज सम्म २६ वटा मुद्दाहरू दर्ता भएको बताउनु भयो । जसमध्ये १४ वटा फर्चौट, १० वटा मिलापत्र भएको ,१ वटा अदालतमा र बाँकी प्रक्रियामा रहेको उहाले बताउनु भयो।
कार्यक्रममा कानुन अन्वेषण तथा स्रोत बिकास केन्द्रका क्षेत्रिय संयोजक सिताराम अधिकारी, मेलमिलापकर्ता समाज केन्द्रीय प्रतिनिधि पदमप्रसाद घिमिरे,गैँडाकोट नगरपालिका विधायन मसौदा समिति संयोजक तथा वडा नम्बर ९ का मेलमिलापकर्ता संयोजक ज्ञानप्रसाद खनाल, मेलमिलापकर्ता समाज जिल्ला अध्यक्ष लक्ष्मी प्रसाद पौडेलले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

 

अन्तरक्रिया कार्यक्रममा गैडाकोटका मेलमिलापकर्ता शारदा ढकालले ६१ सालदेखि निरन्तर काम गर्दै आइरहेको बताउनुभयो। तेस्तै गैँडाकोट वडा नम्बर १४ का मेलमिलापकर्ता सोमनाथ शर्माले यो बर्ष वडामा धेरै मुद्दाहरू नपरेको बताउनुभयो। शर्माले मेलमिलाप गराउनको लागि को कस्तो हो थाह नपाउने हुदा, अनुहार राम्रो, बोली राम्रो भएर, भएन मानवता कस्तो हुन्छ त्यो बुझ्न गाह्रो हुने बताउनुभयो।


अन्तरक्रिया कार्यक्रममा गैंडाकोट वडा नम्बर ७ का मेलमिलापकर्ता मोति ढुंगानाले वडाको साथ र सहयोग बाट काम गर्न सजिलो भएको बताउनुभयो । तेस्तै गैंडाकोट वडा नम्बर ४ मेलमिलापकर्ता प्रेमराज सापकोटाले वडामा धेरै मुद्दा नआउन,े आएका मुद्दाहरू वडामै मिलाएको बताउनुभयो ।
साधारण सभामा मेलमिलापकर्ता समाज गैडाकोट नगर समितिको सचिव वेदप्रसाद कँडेलले प्रगति प्रतिबेदन र कोषाध्यक्ष देवी पोखरेलले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।


मेलमिलापकर्ता समाज गैडाकोट नगर समितिको उपाध्यक्ष दुर्गा जित कुँवरले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको सहजिकरण सचिव वेदप्रसाद कँडेलले गर्नु भएको थियो । 
अहिले गैडाकोट नगरपालिका भित्र मेलमिलापकर्ता ९३ जना रहेका छन् ।