नेपाल शिक्षक संघ गैँडाकोट नगर अध्यक्षमा गोविन्द रिमाल निर्वाचित

२०८२ फाल्गुण २ शनिबार १९:०९:०० मा प्रकाशित

नवलपुर । नेपाल शिक्षक संघको सातौं प्रतिनिधि सभा एवम् तेस्रो अधिवेशन कार्यक्रम नारायणी माध्यमिक विद्यालयका शिक्षक गोविन्द रिमालको अध्यक्षता नगर समिति गठन गर्दै शनिबार जनक नमुना माध्यमिक विद्यालयको सभाहल गैंडाकोटमा सम्पन्न भएको छ । 


नेपाल शिक्षक संघ गैंडाकोट नगर समितिको उपाध्यक्षमा लक्ष्मी माध्यमिक विद्यालयका शिक्षक दीपक लुइँटेल, महिला उपाध्यक्षमा नवदुर्गा आधारभूत विद्यालयबाट यमकुमारी रेग्मी, सचिवमा जनक नमुना माध्यमिक विद्यालयबाट दीपक ढुङ्गाना, अर्थ सचिवमा रत्नराज्य माध्यमिक विद्यालयबाट नारायण कंडेल, सहसचिवमा लक्ष्मी मा.विबाट रेवती खनाल, महिला सहसचिवमा जनता मा.विबाट शुष्मा घिमिरे , समावेशी सहसचिवमा कृष्ण गण्डकी मा.विबाट इश्वरी वि.क र कालिका नमुना मा.विबाट राधिका रेग्मी, अर्थ सहसचिवमा नेपाल राष्ट्रिय शंसेर मा.विबाट मञ्जु वि.क, सदस्यमा मुकुन्दसेन आ.विबाट चुमप्रसाद बाचे, बाल ज्योति मा.विबाट शुसिल कोइराला, विजय ज्योति आ.विबाट निलकण्ठ आचार्य, जनशक्ति आ.विबाट बिष्णु पौडेल, पञ्चकन्या आ.विबाट चूडेश्वर भट्टराई, जनक नमुना मा.विबाट मनोज पण्डित, अमरज्योति मा.विबाट बिष्णुमाया त्रिपाठी सर्वसम्मत चयन हुनुभएको छ ।


नेपाल शिक्षक संघ नवलपुरका अध्यक्ष इन्द्रराज भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न सो सभामा प्रतिनिधि सभाको संयोजनका लागि नेपाल शिक्षक संघ नवलपुरका प्रतिनिधि एव‌म् नेपाल शिक्षक महासंघ नवलपुरका जिल्ला अध्यक्ष चन्द्रदेव तिवारीले निर्वाचन प्रक्रियाको संयोजन गर्नुभएको थियो ।


नगरपालिकामा शिक्षकहरुका लागि तालिम इकाई गठन गर्नुपर्ने, विषयगत रुपमा शिक्षक बढुवाको माग गर्ने, पालिकाबाट प्रत्येक बर्ष एक जना शिक्षकलाई अध्ययन बिदा दिनका लागि अनिवार्य सर्त बनाउने, चैत महिनासम्म नियुक्ति भएर जाँदा अन्य कर्मचारी सरह १२ दिन बिरामी बिदा सम्बन्धित निकायमा माग गरी पेश गर्ने सो प्रतिनिधि सभाले निर्णय गरेको छ ।


सो सभामा सचिव मोहन भण्डारीले प्रगति प्रतिवेदन तथा भावी कार्यक्रम तथा अर्थ सचिव अनिल कंडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी उपाध्यक्ष राजुपुरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।


प्रतिनिधि सभाका लागि फोकल पर्सन नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष चन्द्रदेव तिवारी, नेपाल शिक्षक महासंघ नवलपुरका उपाध्यक्ष हिमालदेव पंगेनी, नेपाल शिक्षक महासंघ गैँडाकोट नगर अध्यक्ष शिवराज काफ्ले, जनक नमुना मा।विका प्रधानाध्यापक बुद्धिसागर पण्डित लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । नेपाल शिक्षक संघ नगर अध्यक्ष सूर्यनाथ तिवारीको अध्यक्षतामा सम्पन्न सो सभाको सहजीकरण सचिव मोहन भण्डारीले गर्नुभएको थियो ।

ताजा खबर