नागरिकको घरदैलोमा हिन्दु राष्ट्र हुनुपर्ने धारणा बुझेँ – उम्मेद्वार बस्ताकोटी
नवलपरासी पूर्व । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दलहरु जनताको घरघरमा मत माग्न व्यस्त रहेका छन् ।
नवलपुर क्षेत्र नं. १ मा नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतका दलहरु चुनावी प्रचारमा रहेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपकचन्द्र बस्ताकोटी पनि जनताको घर दैलोमा पुगिरहनुभएको छ ।
घरदैलोमा पुग्दा हिन्दुराष्ट्र निर्माणका पक्षमा दरिलो भएर अघि बढ्न सुझाब दिएको बस्ताकोटीले बताउनुभयो ।
नवलपुरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने स्पष्ट योजनाका साथ आफू अघि बढिरहेको बस्ताकोटीले जनताका घरदैलोमा बताउँदै हिँड्नुभएको छ ।