“बदलिएको काँग्रेसप्रति उत्साह बढेको छ” – उम्मेदवार बालकृष्ण घिमिरे
नवलपरासी पूर्व । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दलहरु जनताको घरघरमा मत माग्न व्यस्त रहेका छन् ।
नवलपुर क्षेत्र नं. १ मा नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतका दलहरु चुनावी प्रचारमा रहेका छन् ।
नेपाली काँग्रेसका उम्मेद्वार बालकृष्ण घिमिरेले सोमबार अमरापुरी तथा मकुुन्दपुरका विभिन्न क्षेत्रमा घरदैलो गर्दै नागरिकहरुले बदलिएको नेपाली काँग्रेस प्रति नागरिकहरुमा उत्साह रहेको बताउनुभयो ।
नवलपुरको जनजीवनमा प्रभाव पार्ने योजनाहरुमा काम गर्न नागरिकहरुले दिएको सुझाबलाई संकलन समेत गर्ने गरेको बताउनुभएको छ ।