“मतदाता भन्छन्, हामीलाई विकास चाहियो ” – उम्मेद्वार भागिरथ सापकोटा
नवलपरासी पूर्व । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दलहरु जनताको घरघरमा मत माग्न व्यस्त रहेका छन् ।
नवलपुर क्षेत्र नं. १ मा नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतका दलहरु चुनावी प्रचारमा रहेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेद्वार भागिरथ सापकोटा पनि जनताको घरदैलोमा मत माग्न व्यस्त रहनुभएको छ ।
नवलपुरको कृषि, स्वास्थ्य, पर्यटन, सार्वजनिक सेवा सुधारका पक्षमा काम गर्न जनताहरुले सुझाब दिनुभएको एमाले उम्मेदवार सापकोटाले बताउनुभयो ।