“मलाई मतसँगै कामको सूचि पनि दिनुस्” – राजन गौतम

२०८२ फाल्गुण १२ मंगलबार ०७:३९:०० मा प्रकाशित


नवलपरासी पूर्व । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दलहरु जनताको घरघरमा मत माग्न व्यस्त रहेका छन् ।

नवलपुर क्षेत्र नं. १ मा नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतका दलहरु चुनावी प्रचारमा रहेका छन् । 


राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबार गैँडाकोटमा मोटरसाइकल र्याली निकालेको छ ।

गैँडाकोट विभिन्न क्षेत्रमा रास्वपा उम्मेदवार राजन गौतमसहित जनताको घरदैलोमा भोट माग्दै र्याली निकालेको हो ।

र्यालीलाई सम्बोधन गर्दै नवलपुर क्षेत्र नं. १ का रास्वपाका उम्म्दवार राजन गौतमले देशले परिवर्तन खोजेको हुँदा परिवर्तनका पक्षमा उभिन आग्रह गर्नुभएको छ ।

गैँडाकोटमा चुनावी अभियानका क्रममा उम्मेदवार गौतमले भन्नुभयो “अब काम दिनुस्, म काम गर्न आएको छु ।”