नवलपुरमा आजदेखि मदिरा बिक्री-वितरण तथा सेवन पूर्ण रूपमा निषेध
नवलपुर । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा मदिरा बिक्री-वितरण तथा मदिरा सेवन पूर्ण रूपमा निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यसहित उक्त आदेश जारी गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवी रानाले बिहीबार जारी गरेको सूचनाअनुसार आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म जिल्लाभर सबै प्रकारका मदिराजन्य पदार्थको बिक्री-वितरण एवम् सेवन निषेध गरिएको छ । निषेधाज्ञा उल्ल∙न गरी मदिरा बिक्री, वितरण वा सेवन गरेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिनुका साथै, सुरक्षा निकायमार्फत कडाइका साथ अनुगमन गरिने सूचनामा जनाएको छ ।
निर्वाचनको समयमा सार्वजनिक शान्ति, सुरक्षा तथा सामाजिक सद्भाव कायम राख्न चालिएको यस कदममा होटल व्यवसायी, राजनीतिक दल, नागरिक समाज तथा आम सर्वसाधारणबाट पूर्ण सहयोगको अपेक्षा गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
.jpg)