नारी कल्याण एकल महिला पैरवी मञ्चद्धारा बृद्धबृद्धालाई भोजन
गैँडाकोट । स्थापनाको २१ औं वर्षको अवसरमा नारी कल्याण एकल महिला पैरवी मञ्च गैँडाकोटले देवघाटधाममा रहेका बृद्धबृद्धाहरुलाई फलफुल वितरण गर्नुका साथै आज विहान भोजन गराएको छ ।
देवघाट समाज कल्याण केन्द्रमा रहेका ३५ जना बृद्धबृद्धाहरुलाई विहानको भोजन गराइएको मञ्चका अध्यक्ष निर्मला पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा मन्चका पूर्व अध्यक्ष महादेवी कट्टेल, उपाध्यक्ष, कोषाध्यक्ष र सचिवलगाएतको उपस्थिति रहेको थियो ।

२०६१ साल फागुन १५ गते पूर्वि नवलपरासीको गैँडाकोटमा एकल महिलाहरुले रातो लगाउनपर्छ भन्ने अभियानको थालनी गरेका थिए । सोहि दिनको सम्झनामा हरेक वर्ष नारी कल्याण एकल पैरवी मञ्चले विभिन्न रचनात्मक कामहरु गर्दै आएको छ ।
