कालिका मन्दिर–कालिका आश्रमद्वारा आयोजित वक्तृत्वकला प्रतियोगिता सम्पन्न
सिद्धिविनायक महिला समूह प्रथम
गैँडाकोट । गैँडाकोट–८ स्थित कालिका मन्दिर–कालिका आश्रमको ५०औँ वार्षिक उत्सवको अवसरमा मङ्गलबार अन्तर महिला समूहगत वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा १० वटा समूहको सहभागिता रहेको थियो ।
प्रतियोगितामा सिद्धिविनायक महिला समूह प्रथम, नवविजय महिला समूह द्वितीय, भानुअग्रसर महिला समूह तृतीय तथा मातृभूमि महिला समूहले सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् ।
प्रतियोगिताका संयोजक गीता न्युरे सापकोटाका अनुसार कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो ।
त्यस्तै, भोलि चैत ११ गते २४ घण्टे अखण्ड श्रीहरिनाम सङ्कीर्तन, चैत १२ गते स्वर्णमहोत्सव मूल समारोह कार्यक्रम तथा चैत १३ गते पूर्णाहुति हवन कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।