कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि, न्यूनतम तलब ४० हजार

२०८३ जेठ १५ शुक्रबार १८:३६:०० मा प्रकाशित

काठमाडौँ। सरकारले महँगी भत्तालाई निरन्तरता दिँदै तलबमानमा २१ प्रतिशत बृद्धि गर्ने निर्णय गरेको छ । कर्मचारीको न्यूनतम तलब ४० हजार कायम गर्ने निर्णय गरेको छ।


अर्थमन्त्री डा. स्वर्णिम बाग्लेले आर्थिक वर्ष २०८३-८४ को बजेट संसदको संयुक्त बैठकमा शुक्रबार प्रस्तुत गर्दै सो कुरा बताएका हुन् । साउन १ गतेदेखि नयाँ तलबमान लागू हुने उनले बताए ।