श्रीमद्रामानुज वेदविद्याश्रम र शैक्षिक गुठिमा अधिवेशन सम्पन्न 

२०८३ जेठ १५ शुक्रबार २०:५५:०० मा प्रकाशित


नवलपरासी पूर्व । श्रीमद् रामानुज वेदविद्याश्रमको ३८ आँै वार्षिक साधारण सभा तथा ११ औँ अधिवेशनको कार्यक्रम शुक्रबार भएको छ । शुक्रबार नै श्रीमद्रामानुज वेद विद्याश्रम शैक्षिक गुठिको साधारण सभा तथा अधिवेशन भएको छ । २०३७ साल फागुन १३ गते स्थापना भएको वेदविद्याश्रममा कक्षा ६ देखि १० सम्म पठनपाठन भइहेको छ । हाल यस गुरुकुलमा २९ जना विद्यार्थी रहेका छन् । संस्थाका सचिव कृष्णप्रपन्न गौतमले रामानुज विद्याश्रमको प्रगति विवरण र शैक्षिक गुठिका सचिव जगन्नाथ उपाध्यायले गुरुकुलको शैक्षिक विवरण तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष गोविन्दप्रसाद पौडेलले संस्थाको आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा गैँडाकोट नगरप्रमुख मदनभक्त अधिकारी, नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्य, गैँडाकोट १ का वडा अध्यक्ष सुरेन्द्रप्रसाद रेग्मी, गैँडाकोट ५ का वडा अध्यक्ष रत्नप्रसाद सापकोटा, विद्वान श्री डा. चक्रपाणी स्वामी, श्री लक्ष्मणाचार्य स्वामी लगायतको उपस्थिति रहेको थियो । 


अधिवेशनले श्रीमद्रामानुज वेदविद्याश्रमको अध्यक्ष टिकाराम कंडेल, उपाध्यक्षमा जगन्नाथ उपाध्याय, सचिवमा वेदप्रसाद आचार्य, कोषाध्यक्षमा रत्नप्रसाद सापकोटा, सहसचिवमा डा. सुदर्शन अधिकारी र सदस्यहरुमा यशोदा सापकोटा, टिकाराम कंडेल माधव, पशुपति सापकोटा, शेखर सुवेदी, शसिधर न्यौपाने रहनुभएको छ । 


श्रीमद् रामानुज वेदविद्याश्रम शैक्षिक गुठीको अध्यक्षमा केशवप्रसाद सापकोटा, सचिवमा पुरुषोत्तम कंडेल, कोषाध्यक्षमा गोविन्दप्रसाद पौडेल, सदस्यमा जगन्नाथ उपाध्याय, यशोदा सापकोटा, ठाकुरप्रसाद सापकोटा, पशुपति सापकोटा, शशिधर न्यौपाने चयन हुनुभएको छ । एकजना पदेन प्रधानाध्यापक सदस्य रहने व्यवस्था रहेको छ भने २ जना पछि मनोनित गरिनेछ । निर्वाचन समितिको संयोजकमा स्वामी लक्ष्मणाचार्य र सदस्यहरुमा नारायणप्रसाद उपाध्याय र सरस्वती सापकोटा रहनुभएको थियो ।