गायिका जीवनी कुमारि कुमालको नयाँ गीत पोखरा धनगढीे गैंडाकोटमा सार्वजनिक
गैंडाकोट । गायिका जीवनी कुमारि कुमालको नयाँ गीत पोखरा धनगढीको गैंडाकोटमा सार्वजनिक गरिएको छ। पोखरा धनगढी बोलको गीतमा गैंडाकोट मौलाकालिका मन्दिर, इला होटल, मौलाकाली केबलकार ,नारायणी नदी किनार लगायत गैंडाकोट आसपास पनि छायांकन गरिएको र गीतमा यही वरिपरिका शब्द पनि समेटिएको छ।
कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले गीतका शब्द र भिडियोले गैंडाकोटलाई पनि चित्रण गरेको हुँदा पर्यटन प्रबधनमा पनि सहयोग पुग्ने बताउनुभयो ।
गीतमा स्वर बिन खाती र जीवनी कुमारि कुमालको रहेको छ भने गीतमा लय तथा शब्द बिन खातीको रहेको छ। त्यस्तै गीतको मोडलमा आनन्द गुरुङ र चाहना रानाभाट रहनु भएको छ भने गीतलाई निर्देशक जोन राईले निर्देशन गर्नुभएको छ। गीतको सुटिङ संयोजन डिका गुरुङले गर्नुभएको छ भने समग्र गीतको अडियो र भिडियोको संयोजन बिन खातीको रहेको छ।
गीतका सर्जक तथा गायक बिन खातीले गैडाकोटको सेरोफेरो लाई जोडेर शब्दमा छ भने भिडियो छायांकन पनि गरिएको उहाँले बताउनुभयो । पोखरा धनगढी भन्ने बोलको गीत माया प्रेममा आधारित रहेको बताउनुभयो।
गैंडाकोटकै स्थानीय प्रतिभा जीवनी कुमालले विभिन्न कार्यक्रममा आफ्रना प्रस्तुतिहरु राख्दै आउनुभएको छ भने उहाँले पहिलोपटक लोकदोहोरी एल्बम निकाल्नु भएको हो। गीतलाई जीवनी कुमारि कुमालको युट्युब च्यानल मार्फत बजारमा आएको हो ।
गामबेसी सास्कृतिक कला केन्द्रका अध्यक्ष कमल बहादुर कुवरको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण गामबेसी कला केन्द्रका उपाध्यक्ष कृष्ण सापकोटाले गर्नुभएको थियो।