भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थाद्धारा सदस्यहरुलाई सदस्य शिक्षा प्रदान

२०८१ चैत ९ आइतबार १२:२१:०० मा प्रकाशित

गैँडाकोटको भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थाले ग्लोबल मनि विक २०२५ को अवसरमा सदस्यहरुलाई सदस्य शिक्षा प्रदान गरेको छ । गैँंडाकोट २ होटल द नारायणी रिसोर्टमा गरिएको शिक्षा शिविरमा एकसय २० जनाको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता गर्दै शिक्षा उप समिति संयोजक तर्कबहादुर थापाले सदस्यहरुलाई सहकारीका बारेमा सचेतना दिनु अपरिहार्य रहेको हुँदा कार्यक्रम गरिएको बताउनुभयो । 


कार्यक्रमको प्रमुख अतिथि संस्थाका अध्यक्ष बेदबन्धु रेग्मी रहनु भएको थियो भने प्रमुख प्रशिक्षकको रुपमा मध्यबिन्दु नगरपालिकाका सहकारी अधिकृत बिष्णप्रसाद शर्मा पौडेल रहनुभएको थियो । 


कार्यक्रममा स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष गजेन्द्र के.सी. ले गर्नुभएको थियो भने कार्यक्रमको औचित्यता पुष्टि संस्थाका अध्यक्षले गर्नुभएको थियो । साथै अतिथिको रुपमा लेखा तथा सुपरिबेक्षण समतिका संयोजक बिर बहादुर क्षेत्री (राज), भू.पू सैनिक जनकल्याणकारी संस्थाका अध्यक्ष शेर बहादुर कार्की, महिला समुहकी अध्यक्ष शोभा ढकाल तथा तिन ओटै संस्थाका पदाधिकारी, बिभिन्न समिति तथा उप समितिका संयोजक तथा सदस्यहरुको समेत सहभागिता रहेको थियो भने कार्यक्रमको सहजिकरण संस्थाका सचिव हर्क बहादुर घर्तिले गर्नुभएको थियो । संस्थाको बर्तमान अवस्थाको बारेमा संस्थाका प्रमुख कार्यकारी अधिकृत शिब पौडेलले प्रकाश पार्नुभएको थियो साथैे सहकारी बिबिध बिषय बस्तुको बारेमा सभाध्यक्ष तर्क बहादुर थापाले गहकिलो मन्तब्य ब्यक्त गर्नभएको थियो । उक्त कार्यक्रममा समितिका पदाधिकारी तथा सदस्य तथा कर्मचारी सहित १२० जनाको उल्लेखिय सहभागिता रहेको थियो ।