जलुके खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाद्धारा शुभकामना आदानप्रदान

२०८३ बैशाख ५ शनिबार १४:२४:०० मा प्रकाशित

गैँडाकोट । जलुके खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले शनिबार नयाँ वर्षको शुभकामना आदानप्रदान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट ४ का वडा अध्यक्ष तेजप्रसाद घिमिरेले नया बर्षको शुभकामना दिनुका साथै जलुके खानेपानीलाई आवश्यक परेको बेलामा खानेपानीका विषयमा सहकार्य गरी अघि बढ्न सकिने बताउनुभयो ।

 

जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष जगन्नाथ पौडेलले प्रगति विवरण पेश गर्दै संस्थाको पछिल्लो समयको सुधार विस्तार कार्यक्रम अन्तिम चरणमा पुगेको र सो काम अधिकांश योजनाको  पुरा भएको बताउनुभयो ।

 

शुभकामना आदानप्रदान कार्यक्रममा संस्थाका सहसचिव मेघनाथ पौडेलले कार्यक्रममा उपस्थितलाई स्वागत गर्नुभएको थियो भने सचिव शालिकराम आचार्यले कार्यक्रमको सहजीकरण गर्नुभएको कार्यसमिति सदस्य शिव लम्सालले जानकारी दिनुभयो । कार्यक्रममा कार्य समिति, लेखा समिति, अनुगमन समिति, सल्लाहकार समिति तथा टोलका पदाधिकारी हरु लगायतको उपस्थिति रहेको थियो ।