वैशाख ७ बाट विद्यार्थी भर्ना शुरु गर्न गैंडाकोट नगरपालिकाको आग्रह
नवलपुर । गैंडाकोट नगरपालिकाले वैशाख ७ गतेबाट सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई विद्यार्थी भर्ना तथा अन्य शैक्षिक गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ । अभिभावक विद्यार्थी र सरोकारवाला पक्षको व्यापक जन गुनासो आएपछि विद्यालयका गतिविधि अगाडि बढाउन अनुरोध गरिएको नगर प्रमुख मदनभक्त अधिकारीद्वारा जारी परिपत्रमा उल्लेख गरिएको छ ।
परिपत्रमा गैंडाकोट क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको वैशाख ३ गते बसेको बैठक र वैशाख ४ गतेको नगर शिक्षा समितिको बैठकले वैशाख ७ गतेबाट भर्ना तथा अन्य शैक्षिक गतिविधि सञ्चालन गर्ने निर्णय गरेकाले सो अनुसार शैक्षिक गतिविधि सञ्चालन गर्न निर्देशन गरिएको छ ।
.jpeg)