सितेरियो कराँते संघ चितवनको साधारणसभा सम्पन्न, १२ जनालाई सम्मान

२०८३ बैशाख ५ शनिबार १८:५९:०० मा प्रकाशित

चितवन । नेपाल सितेरियो कराँते संघ चितवन शाखाको प्रथम साधारण सभा सम्पन्न भएको छ ।  साधारण सभा शनिबार भरतपुर १० स्थित संघको ट्रेनिङ हलमा भएको हो । 

 

साधारण सभाले संघलाई स्थापनाकालदेखि सहयोग गर्नेहरुलाई सम्मान गरेको छ ।   कार्यक्रमकाबीच संघलाई भवन निर्माणको लागि जग्गा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलेका भिम बहादुर गुरुङलाई सम्मान गरेको छ । 

 

संघको भवन निर्माणमा २२ लाख २ हजार ४ सय ९७ रुपैँया सहयोग गरेका कराते महासंघ बाग्मती प्रदेश अध्यक्ष तथा चितवनका संस्थापक गगन लामा, २१ लाख ८५ हजार ५ सय ७५  रुपैँया सहयोग गरेका गरेका पूर्ण कुमार डंगोल र एक लाख ६ हजार  रुपैँया सहयोग गरेका गरेका हेमन्त पाख्रीन सम्मानित भएका छन् । 

 

यस्तै, संघले चितवन जिल्ला खेलकुद विकास समिति, रत्न कुमार मानन्धर, छविरमण तिमिल्सिना, चित्र बहादुर रानामगर, पूर्ण सिं लामा, संगम जोशीलगायतलाई पनि सम्मान गरेको छ । उनीहरुले पनि संघको भवन निर्माणमा नगद तथा जिन्सी सहयोग गरेका थिए । 

 

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि भरतपुर १० का वडाध्यक्ष परमेश्वर खनाललगायतले सम्मान गरे । यसैबीच साधारण सभाले संघको प्रगति तथा आर्थिक प्रतिवेदन पनि पारित गरेको छ । कार्यक्रम संघका अध्यक्ष चित्रबहादुर राना मगरको अध्यक्षतामा सम्पन्न भएको हो ।