सरस्वती निकेतनले गर्यो वातावरण सचेतना र्याली

गैँडाकोट । गैँडाकोटको सरस्वती निकेतन आवासिय माध्यमिक विद्यालयले विद्यार्थीलाई वातावरण सम्बन्धि शिक्षा दिन विश्व वातावरण दिवस २०८२ को अवसरमा भव्य सचेतनामूलक र्यालीको आयोजना गरेको छ । विद्यालयको आयोजनामा भएको उक्त ¥यालीमा कक्षा ४ देखि १० सम्मका ४सय भन्दा बढी विद्यार्थीहरू तथा शिक्षकहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
¥याली सरस्वती निकेतन विद्यालयको परिसरबाट सुरु भई मिलनचोक, मौलाकालिका मार्ग, शिलान्यास चोक पुगेर पुनः विद्यालयमै आएर समापन भएको थियो । विद्यार्थीहरू प्लेकार्डहरू बोकेर वातावरण संरक्षणसम्बन्धी नारा प्रस्तुत गर्दै अघि बढेका थिए ।
हाम्रो पृथ्वी, हाम्रो जिम्मेवारी, हरियो वन, नेपालको धन, प्लास्टिक होइन, पुनः प्रयोग रोजौं“ जस्ता नाराले ¥यालीको वातावरण थप उत्साहजनक बनाएको थियो ।
विद्यालयका प्राचार्य भरतबाबु कंडेलले ¥यालीमार्फत विद्यार्थीहरूलाई वातावरणप्रतिको उत्तरदायित्वबोध गराएको बताउनुभयो । उहाँले स्थानीय बासिन्दामा पनि सचेतना फैलाउनु मुख्य उद्देश्य रहेको बताए । व्यवहारिक रूपमा पनि विद्यार्थीहरूलाई समाज र प्रकृतिप्रति उत्तरदायी बनाउने प्रयास विद्यालयले गरेको प्राचार्य कँडेलले बताउनुभयो ।
सरस्वती निकेतन आवासिय माध्यमिक विद्यालय गैँडाकोटको सबैभन्दा पुरानो र बिभिन्न राष्ट्रिय एवंम अन्तरराष्ट्रिय अवार्ड प्राप्त संस्थागत विद्यालय हो, जसले कक्षा १२ सम्मका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ ।