नवलपुरमा कर्फ्यु हट्यो, जनजीवन सामान्य बन्दै 

२०८२ भदौ २७ शुक्रबार १४:३९:०० मा प्रकाशित

नवलपुर । नवलपुरमा आजबाट कर्फ्यु हटेको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरले आज एक सूचना जारी गर्दै जेनजी आन्दोलनका कारण लागेको कर्फ्यु आज विहान ७ बजेबाट हटेको जनाएको हो । कर्फ्यु हटेसँगै बजार विस्तारै खुल्न थालेको छ भने यहाँको जनजीवन विस्तारै सामान्य बन्दै जान थालेको छ ।


कर्फ्यु हटे पनि निषेधाज्ञा भने जारी रहेको सूचनामा जनाइएको छ । निषेधाज्ञाको समयमा ५ जना भन्दा बढी जम्मा भई धर्ना, जुलुस, र्याली जस्ता कुनै पनि गतिविधि गर्न नपाइने जनाएको छ ।