२६ वटा कारागारबाट भागेकामध्ये साढे ११ हजार कैदी अझै फरार

२०८२ भदौ २७ शुक्रबार १६:४९:०० मा प्रकाशित

काठमाडौं । देशभरका २६ वटा कारागारबाट भागेकामध्ये केही कैदीबन्दी कारागार फर्किए पनि अझै ११ हजार ४ सय ६१ कैदीबन्दी फरार नै रहेको कारागार व्यवस्थापन विभागका निर्देशक चामेन्द्र न्यौपानेले बताउनुभयो ।


२६ कारागारबाट १२ हजार ८ सय १७ र बाल सुधार गृहबाट ९ सय ६२ गरी १३ हजार ७ सय ७९ कैदीबन्दी फरार भएका थिए । तीमध्ये पक्राउ र आफैं फर्कनेको संख्या २ हजार ३ सय १८ रहेको न्यौपानेले बताउनुभयो ।

जेनजीको आन्दोलन उग्र बनेपछि २४ भदौमा कारागार तोडफोड र आगजनी गर्दै कैदीहरू फरार भएका थिए । सन तस्करका नाइके चुडामणि उप्रेती ‘गोरे’देखि अपहरणकारीका नाइके भारतीय नागरिक उदय सेट्टीसम्म फरार भएका थिए ।