सरकारी संरचनाको सफाइमा व्यक्ति तथा संघ संस्था सहभागी नगराउने सुरक्षा समितिको निर्णय

भरतपुर । जेनजी समूहको आन्दोलनका क्रममा आगजनी तथा तोडफोड गरिएका सरकारी कार्यालयको सफाइमा व्यक्ति तथा संघ संस्था सहभागी नगराउने चितवनको सुरक्षा समितिले निर्णय गरेको छ ।
जिल्ला सुरक्षा समितिले जिल्लाका सबै सरकारी कार्यालयहरु नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना मिलेर सफाइ गर्ने निर्णय गरेको हो ।
त्यस्तै, आइतबारदेखि सबै सरकारी निकायबाट सेवा नियमित गर्नेगरि सफाइ तथा व्यवस्थापनको लागि काम गर्न थालिने निर्णय गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभएको छ ।