काठमाडौंको चुच्चेपाटीको भाटभटेनीमा जलेको अवस्थामा ६ वटा शव फेला

काठमाडौं । काठमाडौंको चुच्चेपाटीमा रहेको भाटभटेनीमा जलेको अवस्थामा ६ वटा शव फेला परेको छ । भदौ २४ गते प्रदर्शनकारीहरूले आगो लगाएका चुच्चेपाटीको भाटभटेनीबाट अझै धुवाँ निस्किरहेको छ । आइतबार बिहान ६ वटा शव जलेको अवस्थामा भेटिएको काठमाडौं प्रहरी परिसरका एक अधिकृतले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार, शव प्रदर्शनकारीको हो कि कर्मचारी अथवा लुटपाटमा गएकाहरू हुन् भन्ने खुलेको छैन । काठमाडौंमा जलाइएका अन्यत्र ठाउँका भाटभटेनीमा पनि मानिसहरू जलेको हुनसक्ने प्रहरीको भनाइ छ । त्यसबारे बुझ्न प्रहरी परिचालन भएको पनि ती प्रहरी अधिकृतले बताउनुभयो।