विराटनगरमा दुई सय ६२ किलो गाँजासहित तीन जना पक्राउ

२०८२ भदौ २९ आइतबार १३:५३:०० मा प्रकाशित

काठमाडौँ । विराटनगर महानगरपालिका-१५ बाट दुई सय ६२ किलो ५ सय ८० ग्राम गाँजासहित तीन जना पक्राउ परेका छन् ।


केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उक्त महानगरपालिका–१८ का श्यामकुमार यादव, सुनसरीका २० वर्षीया सन्जु तामाङ र २२ वर्षीय निखिल घिमिरेलाई शनिबार राति रानीस्थित इलाका प्रहरी कार्यालयबाट परिचालन भएको सुरक्षाकर्मीको टोलीले पक्राउ गरेको हो । प्रहरीले मे.१ च ५८२६ नम्बरको गाडीबाट उक्त परिमाणको गाँजा बरामद गरेको जनाइएको छ । रासस