ट्याङ्कीको चेम्बरमा डुबेर ४० वर्षीय घलेको मृत्यु

राप्ती । राप्ती नगरपालिका वडा नं–७ मा ट्याङ्कीको चेम्बरमा डुबेर एक पुरूषको मृत्यु भएको छ । सिक्स ग्रुपस्थित अमृतपानी खानेपानी तथा सरसफाइ समितिको ट्याङ्कीको चेम्बरमा डुबेर राप्ती-७ बस्ने ४० वर्षीय कमल घलेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।