पाल्पामा बस दुर्घटना, ११ जना घाइते
बुटवल । पाल्पामा बस दुर्घटना भएको छ । पाल्पाको रानीमहलको अवलोकन भ्रमणका लागी विद्यार्थी बोकेर आएको बस आज बिहान दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा ११ जना सामान्य घाइते भएका छन् । दाङको राजपुरस्थित साधारण नमुना माविबाट विद्यार्थी लिएर पाल्पा भ्रमणका लागि आएको ना ५ख १०८९ नम्बरको बस बिहान करिब ६ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
रानीमहल जाने क्रममा तानसेन नगरपालिका-१३ बैकण्ठे भिर नजिकै बस अनियन्त्रित भएर बस सडकको भित्तामा ठोक्किन पुगेको पाल्पाका डीएसपी होम प्रकास चौधरीले जानकारी दिनुभयो ।डीएसपी चौधरीका अनुसार दुर्घटनामा परी घाइते हुनेहरूमा दाङ राजपुर गाउँपालिका-४ का ४० वर्षीय शत्रुघन गुप्ता, घोराही उपमहानगरपालिका-११ का २२ वर्षीय दामोदर रेउले, बस चालक घोराही-१४ का ३५ वर्षीय सन्तोष ढकाल, राजपुर गाउँपालिका-५ की १२ वर्षीय सन्ध्या भण्डारी, राजपुर गाउँपालिका-६ की १८ वर्षीय दिल कुमारी रावत छन् ।
यसैगरी, राजपुर-६ की १० वर्षीय सन्तोषी चौधरी, १९ वर्षीय अजय नेपाली, राजपुर-५ की २३ वर्षीय सिर्जना यादव, १३ वर्षीय आयूष भण्डारी, १५ वर्षीय अभिषेक यादव र घोराही-९ का ३५ वर्षीय बसन्त योगी सामान्य घाइते भएका छन् । ,