भरतपुर-१४ मा भएको दुर्घटनामा परेर एकको मृत्यु

२०८२ मङ्सिर ५ शुक्रबार १३:०३:०० मा प्रकाशित

भरतपुर । भरतपुर-१४ मा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बिहिबार १२ः२० बजेको समयमा भरतपुर महानगरपालिका १४ बरौजी चोकमा भरतपुरबाट बरौजीतर्फ जाँदै गरेको ना २५ प ९७४९ नम्वरको स्कुटर र विपरित दिशाबाट आउँदै गरेको बा.प्र.०६ ००२ प ७४१९ नम्वरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक भरतपुर २२ पटिहानीका २६ वर्षिय कबिन महतो गितानगरबाट पटिहानीतर्फ जाँदै गरेको बा.प्र.०६-००१ क ०२०६ नम्वरको सेन्ट्रल कलेजको बसको पछाडीको टायरमा ठोक्किएर गम्भिर घाइते भएका थिए । उनको उपचारका लागि भरतपुर अस्पताल ल्याइएकोमा चिकित्सकले १ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।


स्कुटर चालक भरतपुर १४ सुन्दरबस्तीका ४३ बर्षिय भिम परियार घाइते भएका छन् । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । तीन वटै सवारीसाधन र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।