ब्राजिलमा कोप-३० बैठकको क्रममा आगलागी
रियो द जेनरियो । ब्राजिलको भ्यालेममा संयुक्त राष्ट्र संघको जलवायु सम्मेलन कोप–३० को बैठकका क्रममा आगलागी भएको छ । आगलागीका कारण बैठकस्थल तुरुन्तै खाली गर्नुपरेको थियो । तर अग्निनियन्त्रकहरूले तत्कालै आगो नियन्त्रणमा लिए ।
आगो एउटा मण्डपमा लागेको थियो । लगभग छ मिनेटभित्र आगो नियन्त्रणमा आएको कार्यक्रम आयोजकहरूले बताएका छन् । यद्यपि, धुवाँका कारण सास फेर्न गाह्रो भएपछि २१ जनालाई डाक्टरले चेकजाँच गर्नुपर्यो ।
आगो लागेपछि मानिसहरूलाई तुरुन्तै बाहिर निकालिएको थियो । दमकलका गाडीहरू तीव्र गतिमा भित्र दौडिरहेको देखिएको थियो । छ मिनेट भित्र आगो निभाइएको र १३ जनालाई धुवाँ सास फेर्न मुस्किल भएर उपचार गरिएको संयुक्त राष्ट्र संघले बताएको छ ।
आगलागीको कारण अझै थाहा हुन सकेको छैन । जलवायु परिवर्तनसँग लड्न आगामी कदमहरूबारे सहमति गर्ने कोसिस अन्तिम चरणमा थियो । तर आगोका कारण वार्ता रोक्नु परेको छ । वार्ता शुक्रबार पुनः सुरु हुने एउटा विज्ञप्तिमा संयुक्त राष्ट्र संघले भनेको छ । एजेन्सी