झापा कारागारका एक कैदीको मृत्यु
झापा । झापा कारागारमा कैद भुक्तान गरिरहेका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत पश्चिम बङ्गाल राज्यको दार्जिलिङका कर्णबहादुर लिम्बू रहेका छन् ।
झापा जिल्ला कारागारका अनुसार उच्च रक्तचापका बिरामी लिम्बूको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।