गैंडाकोट-७ मा स्थानीय औषधीय जडीबुटी सम्बन्धि अभिमुखिकरण

२०८२ चैत ८ आइतबार १९:०५:०० मा प्रकाशित

गैंडाकोट । गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय आयुर्वेद शाखाको आयोजनामा स्थानीय औषधीय जडीबुटी सम्बन्धि अभिमुखिकरण कार्यक्रम गैंडाकोट वडा नं ७ मा आइतबार सम्पन्न भएको छ । 


अभिमुखिकरणमा गैंडाकोट नगरपालिका वडा नं ७ का स्थानीय बासिन्दाहरुको सहभागिता रहेको थियो ।  सो कार्यक्रममा कविराज निरीक्षक बिष्णुप्रसाद पौडेल र बरिष्ठ बैद्य बिजुला गिरीले स्थानीय स्तरमा पाइने जडीबुटी जन्य बोटबिरुवाहरु, फलहरुको प्रयोग औषधीको रुपमा प्रयोग गर्ने तरीकाहरुको बारेमा जानकारी गराउनुभएको थियो ।


अभिमुखीकरण कार्यक्रममा अमला, हर्रो, बर्रो, अमला, कोइरालाको फूल, दुबो, शितल चिनी लगायतका जडीबुटी जन्य बोटबिरुवालाई औषधीय रुपमा प्रयोग गर्दा कुन रोगको निदान गर्न सकिन्छ भन्ने सन्दर्भमा पनि प्रकाश पारिएको थियो ।


कविराज निरीक्षक बिष्णुप्रसाद पौडेलले हाम्रा स्थानीय बोटबिरुवाहरुको सही रुपमा प्रयोग गर्न सके हाम्रो स्वास्थ्यलाई लाभ पु¥याउने कुरा बताउनुभयो ।

सहभागी स्थानीय बासिन्दाहरुले हाम्रो घर आँगन र भान्छामा औषधीय गुण भएका बोट बिरुवा, फल, सागसब्जी रहेछन् । यस्ता बहुमूल्य वस्तुहरु चिन्न पाइएकोमा कार्यक्रम फलदायी रहेको कुरा बताएका थिए ।


कार्यक्रम गैंडाकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष होमनाथ सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा नगर कार्यपालिका सदस्य ईश्वरी जि.सी, वडा सदस्यहरु तारपती त्रिपाठी, धनबहादुर कुमाल र छलिमाया परियार, आधारभूत स्वास्थ्य सेवा केन्द्रका सिनियर अहेब अधिकृत पदमपाणि  शर्मा लगायतको उपस्थिति रहेको थियो ।

ताजा खबर