महिलालाई प्रजनन् स्वास्थ्य तथा घरेलु हिंसाबारे अभिमुखिकरण 

२०८० चैत २६ सोमबार १८:२१:०० मा प्रकाशित


नवलपुर । गैँडाकोट ८ का ३० जना महिलाले सोमबार प्रजनन् स्वास्थ्य तथा घरेलु हिंसाबारे जानकारी लिएका छन् ।

गैँडाकोट नगरपालिकाको बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत सुनौलो हजार दिनका महिलाहरुलाई प्रजनन् स्वास्थ्य तथा घरेलु हिंसाबारे अभिमुखिकरण गरिएको हो । 

गैँडाकोट नगर स्वास्थ्य शाखाका जन स्वास्थ्य निरीक्षक माधव आचार्यले महिलाले प्रजनन् स्वास्थ्यको विषयमा जानकारी दिनुभएको थियो । त्यस्तै महिला तथा बालबालिका शाखा प्रमुख सिता लामिछानेले महिला हिंसाको बिषयमा जानकारी गराउनुभएको थियो । 

गैँडाकोट ८ का वडा अध्यक्ष प्रेम सापकोटाले महिलामा प्रजनन् स्वास्थ्यको विषयमा जानकारी होस् भन्ने उद्देश्यले पालिकामा यस्ता कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । आगामी दिनमा गर्भ र सुत्केरी अवस्थामा आवश्यक पर्ने हरिया सागसब्जी कसरी घरमै उत्पादन गर्न सकिन्छ भन्ने विषयमा पनि कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो । 

गैँडाकोट ८ मा बालबालिका रेड जोनमा नरहेको अर्थात स्वास्थ्यमा कुनै समस्या नरहेको उहाँको भनाई छ । कार्यक्रममा गैँडाकोट नगरपालिकाका नगर उपप्रमुख शान्ति कोइराला, प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनाल लगायतको उपस्तिथि रहेको थियो ।