विनयी त्रिवेणीमा एक व्यक्तिलाई देखियो औलो

२०८० चैत २९ बिहीबार १७:४०:०० मा प्रकाशित

नवलपुर । विनयी त्रिवेणीमा एक व्यक्तिलाई औलो देखिएको छ । वडा नम्बर ४ का पुरुष व्यक्तिलाई औलो देखिएको हो । जिल्लामा नै यो आर्थिक वर्षमा देखिएको यो दोस्रो घटना हो । यसअघि भदौमा मध्यविन्दु ५ मा एक पुरुषमा देखिएको थियो । त्यो पनि आयातित नै रहेको थियो ।   

अहिले पनि भारतबाट आएको एक व्यक्तिलाई देखिएकोले यो आयातित औलो (मलेरिया) रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका निमित्त कार्यालय प्रमुख, जनस्वास्थ्य अधिकृत मुक्तिनाथ भट्टराईले जानकारी दिनुभयो । साथै उहाँले बिरामीको घर वरपर तथा छिमेकमा रहेका ९ घरका शंकास्पद १६ जनाको केशबेशको आधारमा कन्ट्रायक टे«सिङ गरी परीक्षण गरिएको बताउनुभयो । परीक्षणका क्रममा अन्यमा भने औलो देखिएको छैन ।  

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका ल्याब टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीका अनुसार यस आर्थिक वर्षमा २ वटा औलोका केश फेला परेका छन् । उहाँले गत आर्थिक वर्षमा ६ जना र त्यसअघिको आर्थिक वर्षमा ५ जनामा औलो देखिएको बताउनुभयो । औलोबाट कुनै व्यक्तिको पनि मृत्यु नभएको उहाँले जानकारी दिनुभयो ।