गैँडाकोटमा सामुदायिक विद्यालयको नतिजा सुधारोन्मुख 

२०८० चैत ३० शुक्रबार १७:३०:०० मा प्रकाशित


गैँडाकोट । सामुदायिक विद्यालयको नतिजा सुधारोन्मुख देखिएको छ । आधारभूत तहको (बीएलई) परिक्षाको २ शैक्षिक सत्रको नतिजा हेर्दा सामुदायिक विद्यालयको नतिजा सुधार देखिएको छ । केही अनलाइनहरूमा सामुदायिक विद्यालयको नतिजा निराशाजनक भनिएपनि तथ्याङ्क हेर्दा सुधार भएको देखिन्छ । चैत्र ४ गतेदेखि १० गतेसम्म लिइएको आधारभूत तहको (बीएलई) परिक्षाको नतिजा बिहीबार सार्वजनिक भइसकेको छ । सामुदायिक विद्यालय र संस्कृत धारका विद्यालयमा कूल ९ सय ८७ विद्यार्थी छन् । अघिल्लो वर्षभन्दा यस वर्ष कक्षा ८ मा १ सय विद्यार्थी बढी हुन् ।  अघिल्लो वर्ष ग्रेड बृद्धिको परिक्षा अघि ५४.११ प्रतिशत विद्यार्थी कक्षा ९ का लागि योग्य भएका थिए । शैक्षिक सत्र २०८० को नतिजामा सुधार आएको छ । अहिले ६२ प्रतिशत विद्यार्थी ग्रेडबृद्धि परिक्षा अघि नै कक्षा ९ का लागि योग्य ठहरिएका छन् । यस वर्ष ९८७ विद्यार्थी मध्ये ६१२ जना योग्य भएका छन् । ग्रेडबृद्धि परिक्षा अघि ३ सय ७५ विद्यार्थी अयोग्य भएका छन् । यस मध्ये कति विद्यार्थी ग्रेडबृद्धि परिक्षाका लागि योग्य छन् ? सो भने शिक्षा शाखाबाट एकिन तथ्यांक प्राप्त हुन सकेन ।


मुकुन्दपुर क्षेत्रको रत्नराज्य माध्यामिक विद्यालयले अघिल्लो वर्ष ७२.८३ प्रतिशत विद्यार्थी योग्य बनाएको थियो भने यसवर्ष ९१.१३ प्रतिशत विद्यार्थी योग्य बनाएको छ । 


यस्तै अमरापुरी क्षेत्रको अमरज्योती माध्यामिक विद्यालयले अघिल्लो वर्ष ८२ प्रतिशत विद्यार्थी योग्य बनाएको थियो भने अहिले ९६.५५ प्रतिशत विद्यार्थी योग्य बनाएको छ । अहिले १ जना विद्यार्थी योग्य बनाउन सकेको भए शतप्रतिशत नतिजा ल्याउन सफल हुने थियो । २९ जना विद्यार्थीमा २८ जना विद्यार्थी योग्य भएका छन् । 


अघिल्लो शैक्षिक सत्रमा २५ प्रतिशत मात्रै  विद्यार्थी योग्य बनाएको नेराशमाविले यस वर्ष ५१ प्रतिशत विद्यार्थी योग्य बनाएको छ । अघिल्लो वर्ष ७३ प्रतिशत विद्यार्थी योग्य बनाएको श्रीकृष्णगण्डकीको नतिजा यसवर्ष खस्किएको छ । अहिले ३५ दशमबल १३ प्रतिशत विद्यार्थी योग्य भएका छन् । 


जनक नमुना मावि र कालिका नमुना माविको पनि केही सुधार भएको छ । जनकले अघिल्लो वर्ष करिब ६० प्रतिशत विद्यार्थी योग्य बनाएको थियो भने यसवर्ष करिब ७२.४७ प्रतिशत विद्यार्थी योग्य बनाएको छ । जनकमा यसवर्ष १५८ विद्यार्थी योग्य भएका छन् । कालिका नमुना माविमा ३९ प्रतिशतबाट सुधार हुँदै यस वर्ष ४९ प्रतिशतमा उक्लिएको छ । 


जनता माध्यमिक विद्यालय हर्कपुरको अघिल्लो शैक्षिकसत्रमा ६२.५ प्रतिशत विद्यार्थी योग्य भएका थिए भने अहिले ६९.५६ प्रतिशत विद्यार्थी योग्य बनाउन सफल भएको छ ।  


लक्ष्मी माध्यामिक विद्यालयले अघिल्लो शैक्षिक सत्रमा ७४.३५ प्रतिशत विद्यार्थी योग्य बनाएको थियो भने अहिले सुधार गर्दै ७७.१९ प्रतिशत विद्यार्थी योग्य बनाएको छ । यस्तै गैँडाकोट १८ मा रहेको बालज्योती माविले अघिल्लो वर्ष ७९.१६ प्रतिशत विद्यार्थी योग्य बनाएको थियो भने अहिले ८१.४८ प्रतिशत विद्यार्थी योग्य बनाएको छ । 


मावि तर्फ नारायणी माध्यामिक विद्यालयको नतिजा अघिल्लो शैक्षिक सत्रको तुलनामा केही कम देखिएको छ । अघिल्लो शैक्षिक सत्रमा ४५.८३ प्रतिशत विद्यार्थी योग्य भएका थिए भने अहिले ३०.३० प्रतिशत विद्यार्थी योग्य भएका छन् । 


श्रीमद् रामानुज संस्कृत विद्यापीठको नतिजा अघिल्लो वर्ष शून्य थिएन भने यस वर्ष शून्य छ । मौलाकालिका संस्कृत विद्यापीठको अहिले ४५.४५ प्रतिशत विद्यार्थी योग्य भएका छन् । 


अघिल्लो शैक्षिक सत्रमा १० प्रतिशत मात्र विद्यार्थी योग्य भएको मुकुन्दसेन आधारभूत विद्यालयले यस वर्ष राम्रो सुधार गरेको छ । अहिले यस विद्यालयले ६८.१८ प्रतिशत विद्यार्थी पहिलो चरणमानै योग्य बनाउन सफल भएको छ । 


दुर्गा आधारभूत विद्यालय १७.६४ प्रतिशतबाट उक्लिएर ३५.२९ प्रतिशत विद्यार्थी योग्य बनाउन सफल भएको छ । अघिल्लो वर्ष शून्य नतिजा ल्याएका महेन्द्र स्मारक र शंखदेवी आधारभूत विद्यालयले पनि यस वर्ष केही सुधार गरेका छन् । महेन्द्रले र शंखदेवीले १८ प्रतिशत विद्यार्थी यसवर्ष योग्य बनाएका छन् ।


अघिल्लो वर्षको तुलनामा विजय आधारभूत विद्यालयको नतिजा खस्किएको छ । अघिल्लो वर्ष ५० प्रतिशत विद्यार्थी योग्य बनाएको विद्यालयमा अहिले २४ प्रतिशत मात्रै योग्य भएका छन् । 


कुमारवर्ती आधारभूत विद्यालयले अघिल्लो वर्ष ३७.५ प्रतिशत विद्यार्थी योग्य बनाएको थियो भने अहिले ४१.६६ प्रतिशत विद्यार्थी योग्य बनाएको छ । जनशक्ति आधारभूत विद्यालयले अघिल्लो वर्ष ३६.३६ प्रतिशत विद्यार्थी योग्य बनाएको थियो भने अहिले ५० प्रतिशत विद्यार्थी योग्य बनाएको छ । अघिल्लो वर्ष राम्रो नतिजा निकाले पञ्चज्योती र विजयज्योतीको नतिजा यस पटक केही प्रतिशतमात्र कम देखिन्छ । पञ्चज्योतीको ८६.९५ प्रतिशत थियो भने अहिले योग्य विद्यार्थी ७२.४ प्रतिशत रहेका छन् । विजयज्योतीको ८८.८ प्रतिशत थियो भने अहिले योग्य विद्यार्थी ८५.७ प्रतिशत रहेको छ ।  समग्रमा सामुदायिक विद्यालयहरुको नतिजा अघिल्लो वर्षको तुलनामा सुधार आएको देखिन्छ ।