साहित्यकारहरूले गरे प्रभातफेरी तथा रचना वाचन

२०८१ बैशाख १ शनिबार १६:१९:०० मा प्रकाशित

भरतपुर । "साहित्य दिवसको अभियान, भाषा, साहित्य र संस्कृतिको सम्मान" भन्ने मूल नाराका साथ नव वर्ष २०८१ को अवसरमा चितवनका स्रष्टाहरूले प्रभातफेरी तथा रचना वाचन गरेका छन् ।

भरतपुरको चौबिसकोठीमा जम्मा भएका साहित्यकारहरूले प्रभातफेरी गर्दै बीरेन्द्र बहुमुखी क्याम्पसमा पुगी आआफ्ना रचना वाचन तथा शुभकामना व्यक्त गरेका हुन् । भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा आयोजित रचना वाचन कार्यक्रम हुनुपूर्व साहित्यकारहरूले क्याम्पस परिसरमा रहेका सरस्वती माता र महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रतिमामा माल्याणर्पण गरेका थिए ।

प्रतिष्ठानका परिषद् सदस्य एवम् साहित्य संगम चितवनका अध्यक्ष प्रकाश चापागाईंले संयोजन गर्नुभएको कार्यक्रममा प्रतिष्ठानका उपकुलपति इन्द्रप्रसाद रेग्मी, गैडाकोट प्रज्ञाप्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदी, चितवन साहित्य परिषद्का अध्यक्ष केदारनाथ खनाल, प्रतिष्ठानका सचिव बालकृष्ण थपलियाले रचना वाचन गरेका थिए ।

कार्यक्रममा साहित्यकारहरू डीआर पोखरेल, पोषराज पौडेल, राजेन्द्र घायल, विदुर अधिकारी,  जगन्नाथ पण्डित, श्यामजी अतिथि, रह शर्मा, किसान प्रेमी, विद्या चिराग, होमनाथ सापकोटा, उदय अधिकारी, होमनाथ घिमिरे , गायत्री अधिकारी, भरतबाबु ढकाल, देवी सापकोटाले रचना वाचन गरेका थिए ।

सोही कार्यक्रममा साहित्यकारहरू रमाकान्त सापकोटा,भीम शर्मा,  कृष्णप्रसाद पण्डित, मित्रराज घिमिरे, सूर्यमणि रेग्मी, यदुनाथ भट्टराई, उपेन्द्र त्रिपाठी, सुजन लम्साल, तुलसी पण्डित, लीलाधर पौडेल, होमनाथ सापकोटा, अष्टदेव खनाल, इन्द्रप्रसाद चापागाईको सहभागिता रहेको  थियो ।