एमाले सचिवालय बैठक आज  

२०८१ बैशाख २ आइतबार ०६:१८:०० मा प्रकाशित

काठमाडौँ । नेकपा (एमाले)ले आज बिहान बस्नेगरी सचिवालय बैठक बोलाएको छ ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक बस्ने केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो ।

राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको ७५औँ स्थापना दिवस, वैशाख १५ गते हुने उपनिर्वाचनलगायत विषयमा बैठकमा छलफल हुने उहाँको भनाइ छ ।

सचिव अधिकारीका अनुसार राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक यही वैशाख ८ र ९ गते बस्दैछ र त्यस बारेमा पनि कुराकानी हुनेछ ।