साहित्यकार तथा गीतकार प्रकट पगेनी ‘शिव’ को निधन

२०८१ बैशाख ४ मंगलबार १८:०७:०० मा प्रकाशित


नवलपुर। पोखराका साहित्यकार तथा गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ ।

निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उहाँलाई मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उहाँको आज दिउँसो निधन भएको उनको नातेदार प्रज्वल पंगेनीले पुष्टि गर्नुभयो ।

कविता, गीतसहित शृंगारिक गजलमार्फत प्रख्यात शिवको उपचारका लागि समस्या भएपछि आर्थिक संकलन अभियानसमेत थालिएको थियो ।

साहित्यकार शिवको परिवारको आग्रहमा पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा आर्थिक संकलन थालिएको थियो । प्रकटका कविता, गजलका किताब प्रकाशित छन् भने ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ जस्ता गीत चर्चित छन् ।