सुख्खा मौसम सुरु भएसँगै आगलागीका घटना बढ्दै

२०८२ फाल्गुण ९ शनिबार १६:३९:०० मा प्रकाशित

काठमाडौँ । सुख्खा मौसम सुरु भएसँगै नेपालमा आगलागीका घटना बढ्दै गएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) का अनुसार फागुन ७ देखि ८ गतेसम्म देशभर १२ वटा विपद् घटना भएका छन्, जसमा अधिकांश आगलागीका घटना हुन्।

 

यी घटनाबाट एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। प्राधिकरणका अनुसार करिब ५० लाख १९ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको छ।