नेपाल शिक्षक संघ गैंडाकोटको तेस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिको सपथ तथा पदभार ग्रहण सम्पन्न

२०८२ फाल्गुण ९ शनिबार १९:२२:०० मा प्रकाशित

गैंडाकोट । नेपाल शिक्षक संघ गैंडाकोटको फागुन २ गते सम्पन्न स्थानीय तहको प्रतिनिधि सभाद्धारा गठित पदाधिकारीहरूको सपथ तथा पदभार ग्रहण शनिबार सम्पन्न भएको छ । भेलाले शिक्षक गोविन्द रिमालको अध्यक्षतामा १७ सदस्यीय नेपाल शिक्षक संघ गैंडाकोट नगर कार्य समिति गठन गरेको थियो ।

 

शनिबार सम्पन्न सपथ तथा पदभार ग्रहण कार्यक्रमको अध्यक्षता जिल्लाबाट खटिनुभएका फोकल पर्सन नेपाल शिक्षक महासंघका अध्यक्ष चन्द्रदेव तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस गैंडाकोटका सभापति बद्री सापकोटा प्रमुख अतिथि रहनुभएको थियोे । उहाँले शिक्षकको ट्रेड युनियन अधिकारको संरक्षणमा आफूले सहयोग गर्ने बताउनुभयो ।

 

कार्यक्रममा नेपाल शिक्षक संघ गण्डकी प्रदेशका उपाध्यक्ष विष्णुप्रसाद रिजाल, जिल्ला अध्यक्ष इन्द्रराज भट्टराईलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा शिक्षक महासंघ गैंडाकोटका अध्यक्ष शिवराज काफ्ले, निवर्तमान जिल्ला अध्यक्ष चूडामणि शर्मा कण्डेल, निवर्तमान अध्यक्ष सूर्यनाथ तिवारी, जनक नमुना माविका प्रधानाध्यापक बुद्धिसागर पण्डितलगायतको उपस्थिति रहेको थियो ।

नवगठित समितिको उपाध्यक्षमा लक्ष्मी माध्यमिक विद्यालयका शिक्षक दीपक लुइँटेल, महिला उपाध्यक्षमा नवदुर्गा आधारभूत विद्यालयबाट यमकुमारी रेग्मी, सचिवमा जनक नमुना माध्यमिक विद्यालयबाट दीपक ढुङ्गना, अर्थ सचिव रत्नराज्य माध्यमिक विद्यालयका नारायण कंडेल, सह सचिव लक्ष्मी मा.विका रेवती खनाल, महिला सह–सचिव जनता मा.विका शुष्मा घिमिरे, समावेशी सहसचिव कृष्ण गण्डकी मा.विका ईश्वरी वि.क र कालिका नमुना मा.विबाट राधिका रेग्मी रहनुभएको छ भने अर्थ सह-सचिवमन नेपाल राष्ट्रिय शमसेर मा.विका मञ्जु वि.क रहनुभएको छ ।

 

समितिका सदस्यहरूमा मुकुन्दसेन आ.विका शिक्षक चुमप्रसाद बाचे, बाल ज्योति मा.विका शुसिल कोइराला, विजय ज्योति आ.विका निलकण्ठ आचार्य, जनशक्ति आ.विका बिष्णु पौडेल, पञ्चकन्या आ.विका चूडेश्वर भट्टराई, जनक नमुना मा.विका मनोज पण्डित, अमरज्योति मा.विका बिष्णुमाया त्रिपाठी रहनुभएको छ ।


सो सभाको सहजीकरण निवर्तमान सचिव मोहन भण्डारीले गर्नुभएको थियो । पदभार लगत्तै पहिलो बैठकले महत्त्वपूर्ण छ ओटा निर्णयहरू गरेको सचिव दीपक ढुङ्गनाले जानकारी दिनुभयो ।