नवलपुर-१ मा प्रगतिशिल लोकतान्त्रिक पार्टीको समर्थन कांग्रेसका घिमिरेलाई

२०८२ फाल्गुण १० आइतबार १७:३५:०० मा प्रकाशित

 

कावासोती । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा प्रगतिशील लोकतान्त्रिक पार्टीले नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने भएको छ ।

प्रलोपाका जिल्ला ईन्चार्ज पिताम्बर महतोले आईतबार अपिल जारी गर्दै प्रत्यक्ष तर्फ नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने बताएका हुन ।

महतोले जारी गरेको अपिलमा प्रत्यक्ष तर्फ नेपाली कांग्रेसको चुनाव चिन्ह रुख र समानुपातिक तर्फ प्रलोपाको चुनाव चिन्ह आँखामा मत दिन आग्रह गरिएको छ ।

नवलपुर १ मा गत माघ ६ गते प्रलोपाका जगन्नाथ आचार्यले उम्मेदवारी दिएका थिए भने अन्तिन नामावली प्रकाशन अगाडि आचार्यले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । उनको उम्मेदवारी फिर्ता पछि यो क्षेत्रमा प्रलोपाको प्रत्यक्ष तर्फ उम्मेदवारी रहेको थिएन ।

ताजा खबर