ज्येष्ठ नागरिक वडा संघ गैंडाकोट १८ मा नयाँ नेतृत्व, अध्यक्षमा तुलबहादुर आले चयन
गैंडाकोट । ज्येष्ठ नागरिक वडा संघ गैंडाकोट १८ को दोस्रो अधिवेशनले तुलबहादुर आलेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा कुमारी मापछन, सचिवमा बिर्खराम गरंजा र कोषाध्यक्षमा खिमलाल चितौरे चयन हुनुभएको छ ।
त्यस्तै, सदस्यहरुमा चुम बहादुर चितौरे, थिर बहादुर राना, जमुना राना, गोमीशरा मापछन र नरबहादुर आले रहनुभएको छ । त्यस्तै, नगर प्रतिनिधिहरुमा कृष्ण बहादुर सारु, रेशम लुगेंली र धनबहादुर सोती चयन हुनुभएको छ ।
तुलबहादुर आलेको अध्यक्षतामा भएको यसअघिको साधारणसभाका प्रमुख अतिथी गैँडाकोट वडा नम्बर १८ का वडा अध्यक्ष तिलबहादुर चितौरेले ज्येष्ठ नागरिकहरू सामाजिक, धार्मिक तथा सामुदायिक संघ-संस्थामा सक्रिय रूपमा आबद्ध रहेको जानकारी गराउँदै उहाँहरुको अनुभव, ज्ञान र योगदान समाजका लागि अमूल्य सम्पत्ति भएको उल्लेख गर्नुभयो । साथै, ज्येष्ठ नागरिकहरूको सम्मान र संरक्षणका लागी वडा कार्यालयले सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो । अध्यक्ष चितौरेले निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो ।
नेपाली कांगे्रस नगर सभापति बद्री सापकोटाले शुभकामना मन्तव्य राख्दै ज्येष्ठ नागरिक राष्ट्रको गहना रहेको हुँदा उहाँहरुको सेवामा सबै सधै लाग्नुपर्ने र उहाँहरुको अनुभव र ज्ञानहरु भावी पुस्ताका लागी महत्वपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा जनप्रतिधी द्रोणवन सन्यासी, चम बहादुर सुनारी, कर्ण बहादुर माकिम, टेकमाया सोती, तारामाया वि.क लगायतको उपस्थिती रहेको थियो । यस्तै, नगर अध्यक्ष मुक्तिनाथ न्यौपानेले कार्यक्रममाथी प्रकाश पार्दै शुभकामना दिनुभयो । नगर अध्यक्ष न्यौपानेले पुस २१ गतेदेखि शुरु भएको ज्येष्ठ नागरिक वडा संघ गठन कार्यक्रम फागुन १० गतेसम्म सबै वडामा समापन भएको जानकारी दिनुभयो ।
ज्येष्ठ नागरिक नगर अध्यक्ष मुक्तिनाथ न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण समाजसेवी होमराज लुंगेलीले गर्नुभएको थियो ।